• itahari.municipality@gmail.com
  • +977 025-580046, 025-584659
  1. Home
  2. उप प्रमुख्को सन्देश

दुई शब्द

मिति : २०७९/११/०१

नेपालको भू–बनावट भूकम्पीय दृष्टिकोणबाट जोखिमयुक्त छ । परिणाम स्वरूप छोटो समयको अन्तरालमा पटक पटक भूकम्प गएको छ । जसबाट जन–धनको अपुरणीय क्षति भएको दुःखद विगत हामीले सामना गर्दै आएका छौ. । भूकम्पबाट कसरी सुरक्षित हुन सकिन्छ, त्यस तर्फ अब हाम्रो ध्यान जान अत्यावश्यक छ । सुरक्षित र व्यवस्थित वासस्थान अहिलेको हाम्रो चाहना र आवस्यकता अति आवस्यकता दुवै हो । यसै विषयलाई अवलम्वन गर्दै राज्यले भवन/संरचना थप सुरक्षाको लागि समय समयमा कानून बनाई लागू गर्दै रहेको छ ।


इटहरी उपमहानगरपालिका १ नं प्रदेशको नै केन्द्र विन्दुमा रही यातायात क्षेत्रको ट्रान्जिट हवको रुपमा विकास भइ रहेको छ । त्यति मात्र नभई यसको भौगोलिक अवस्थिति तथा अन्य मानवीय सुविधाका कारण यहाँको बसोबासको चाप प्रतिदिन बढ्दै गइ रहेको हामी सबैलाई अवगत नै भएको विषय हो । त्यसैले पनि अहिले सम्म निर्माण भएका भवन तथा संरचना र अब बन्ने भवन संरचनामा कसरी भू–कम्प सुरक्षित र व्यवस्थित गर्ने सो का लागि यसका निमित्त बनेका कानूनलाई कडा रुपमा व्यवहारमा ल्याँउनु पर्ने आवश्यकता छ ।


यस पािलकाले पछिल्लो समयमा भवन तथा संरचना निर्माण अझ सुरक्षित र व्यवस्थित गरी सेवाग्राहीलाई सेवा प्रदान गर्न घर नक्सा पासको साविक कामलाई विद्युतीय प्रणालीबाट सम्पादन गर्ने निर्णय गरी सो विद्युतीय प्रणाली प्रयोगमा ल्याएको छ । यस बाट यो सेवा अझ छिटो, पारदर्शि भई सेवाको गुणस्तर अभिवृद्धि हुनेछ भन्ने मेरो विश्वास छ । यस कार्यमा तपाई सेवाग्राही तथा अरु सरोकार राख्ने व्यक्ति तथा संस्थाको महत्वपूर्ण सहयोगको अपेक्षा गर्दछु । यो प्रविधिको प्रयोगमा आवश्यक सहयोग गर्ने कर्मचारी साथीहरु लगायत सबै व्यक्तिहरुमा धन्यबाद भन्न चाहन्छु । यो प्रविधिको प्रयोगले सेवा अझ सहज र प्रभावकारी हुन सकोस्, हार्दिक शुभ कामना व्यक्त गर्दछु । धन्यबाद !


  • उप प्रमुख
  • संगिता कुमारी चौधरी
  • इटहरी उपमहानगरपालिका