• itahari.municipality@gmail.com
  • +977 025-580046, 025-584659
  1. Home
  2. नगर प्रमुख्को सन्देश

मेरो भन्नु

मिति : २०७९/११/०१

मानिसले व्यहोर्नु पर्ने विभिन्न प्रकारका जोखिमहरू मध्ये भूकम्प एक हो । त्यसमा पनि नेपाल भू–संरचनाका आधारमा जोखिमयुक्त देशको समूह अन्तर्गत पर्दछ । वि.सं. १९९०, २०४५ र २०७२ सालका श्रृंखलाबद्ध रूपमा भएका ठूला भूकम्पहरूको त्रासदी र क्षति हाम्रो मानसपटलमा अझै ताजै छ । यस्तो क्षति र त्रासदीको पहिलो कारण हामीले निर्माण गर्ने/गरेका भवन/संरचनाको कमजोर गुणस्तर नै भएको कुरामा दुई मत छैन । तसर्थ भवन / संरचना निर्माण गर्दा भूकम्पबाट कसरी सुरक्षित गरी निर्माण गर्न सकिन्छ, सो सम्वन्धमा गम्भीर हुन अत्यावश्यक छ । सोही अनुसार नेपाल सरकार र यस उपमहानगरपालिकाले विभिन्न ऐन, संहिता, मापदण्ड, निर्देशिका आदि निर्माण गरी लागू गरेको यहाँहरूमा अवगत नै छ ।


इटहरी उपमहानगरपालिका क्षेत्र भवन / संरचना निर्माणका सन्दर्भमा विशिष्ट अवस्थामा रहेको छ । यो क्षेत्रमा जनसंख्या, जनघनत्व तथा सो अनुरूप भवन/संरचना निर्माणमा अन्य पालिका भन्दा पृथक ढंगमा अझ सघन देखिन्छ । यसरी अत्यधिक रूपमा निर्माण सम्पन्न भएको तर सो मध्ये कतिपय भवन तथा संरचना तोकिएको मापदण्ड अनुसार हुन नसकेका र पालिकाको अभिलेखमा समेत नभएको हुन सक्छ । यस पालिका क्षेत्र भित्र अहिले सम्म निर्माण सम्पन्न भएका सबै भवन तथा संरचनाहरू पालिकाको अभिलेखमा नआएको पनि हुन सक्छ । यसरी तोकिएको मापदण्ड पूरा नगर्नु तथा पालिकाको अभिलेखमा अभिलेखीकृत नहुनुमा एकातिर यस सम्वन्धी राज्यको नीतिगत पक्ष जिम्मेवार हुन सक्छ भने अर्को तिर बनेका नीति नियमको कार्यान्वयनको अवस्थामा तदारुकतामा कमी देखिएको पनि हुन सक्छ । त्यति मात्र नभई सेवाग्राहीको भवन अनुमति तथा मापदण्ड सम्वन्धी सूचना र सचेतनाका अर्को महत्वपूर्ण पक्ष हो । तसर्थ सम्वद्ध सवै पक्ष यसमा जिम्मेवार हुनु नै यसको प्रभावकारी र एकीकृत समाधान हुन सक्छ ।


पछिल्लो समयमा भवन÷संरचना निर्माणमा सम्वद्ध सबैको चासो/सरोकार अभिवृद्धि भएको देखिन्छ । यसरी सेवाकोे गाम्भीर्यतालाई मनन गर्दै हामीले अब उप्रान्त यो सेवालाई विद्युतीय माध्यम ९ भ(द्यएक्.) बाट संचालन गर्ने निर्णय गरेका छौं । जसबाट यो सेवा छिटो, छरितो, पारदर्शि, मितव्ययी भई अझ प्रभावकारी रूपमा संचालन हुने हाम्रो विश्वास छ । यो सेवा संचालनमा प्रत्यक्ष / परोक्ष रूपमा सहयोग गर्नु हुने सम्वद्ध सबै महानुभाव प्रति धन्यबाद भन्न चाहन्छु । फेरि पनि यो महत्वपूर्ण कार्यको गाम्भीर्यता अनुरूप यो सेवाको सहज संचालन हाम्रो मात्र एकल प्रयासले सम्भव नहुने भएकाले तपाई सबै सम्वद्ध सेवाग्राही तथा अन्य महानुभावहरूको आवश्यक सहयोगको निमित्त हार्दिक अनुरोध र आव्हान गर्दै सेवाको थप प्रभावकारिताका निमित्त शुभकामना व्यक्त गर्न चाहन्छु । धन्यबाद !


  • नगर प्रमुख
  • हेमकर्ण पौडेल
  • इटहरी उपमहानगरपालिका