• itahari.municipality@gmail.com
  • +977 025-580046, 025-584659
  1. Home
  2. कार्यालय प्रमुख्को सन्देश

दुई शब्द

मिति : २०७९/११/०१

नेपालको भू–धरातल भूकम्पीय सुरक्षाका दृष्टिले अति संवेदनशील मानिन्छ । सोही अनुरूप विभिन्न कालखण्डमा ठूलो जन–धनको क्षति हुने गरी गएका भूकम्पको त्रासदी पूर्ण इतिहास रहेको छ । जसमा वि.सं. १९९०, २०४५ र २०७२ सालमा भएका श्रृंखलाबद्ध ठूला भूकम्पहरूको त्रासदी र क्षतिको स्मरण मात्रले पनि हाम्रो आङ जिरिंग हुन्छ । यस्तो मानवीय क्षति र त्रासदीबाट व्यक्ति/परिवार/समाज र अन्ततः राष्ट्रमा नै बहुआयामिक प्रतिकूल प्रभाव पर्ने हुन्छ । यस्ता विनाशकारी प्रकृतिका प्राकृतिक प्रकोप जहिल्यै हामी मानिसहरुको नियन्त्रण भन्दा बाहिर रहन्छ । तसर्थ भूकम्पबाट कसरी सुरक्षित रहन सकिन्छ सो सम्वन्धमा सचेत हुन जरुरी छ । यस्तो सचेतना तब मात्र अर्थपूर्ण हुन्छ जब हामीले निर्माण गर्ने भवन तथा संरचना बलियो र व्यवस्थित भई भूकम्प प्रतिरोधि हुन्छ ।


यसरी भूकम्पका कारण भवन÷संरचनामा क्षति भई धन–जनमा हुने जोखिमलाई न्यूनिकरण गर्नका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समय समय विभिन्न ऐन, संहिता, मापदण्ड, निर्देशिका जारी गरी लागू गरेको सन्दर्भ यहाँहरू सबैलाई जानकारी भएकै हुनु पर्दछ । त्यस्ता कानूनहरुलाई समय सापेक्ष तुत्लाउँदै कडाईका साथ कार्यान्वयन गर्नुको विकलप देखिदैन । सफल र प्रभावकारी कार्यान्वयनका लागि यस क्षेत्रमा सम्बद्ध सबै पक्ष गम्भीर र इमान्दार हुनु नै प्राथमिक र अनिवार्य शर्त हुन आउँछ ।


इटहरी उपमहानगरपालिका तीव्र रूपमा जनसंख्या विस्तार भई रहेको पालिका अन्तर्गत रहेको देखिन्छ । सोही अनुसार भवन/निर्माणको संख्या र घनत्व दिनानुदिन बढ्दो छ । यो क्रममा निर्माण भई सकेको तथा निर्माणको क्रममा रहेको भवन/संरचना पालिकाको अभिलेखमा ल्याई त्यस्ता भवन/संरचनाको निर्माण गुणस्तर अभिवृद्धि गर्नु अत्यावश्यक छ । माथि भनिए जस्तै यसका लागि सबै सम्वद्ध पक्षको प्रयासको खाँचो उत्तिकै रहने कुरामा नजरअन्दाज गर्न सकिदैन ।


भवन/संरचनालाई बलियो, व्यवस्थित र गुणस्तरयुक्त तुल्याई सेवाग्राहीलाई छिटो, छरितो, पारदर्शि मितव्ययी सेवा प्रवाहका निमित्त यस पालिकाले यस क्षेत्रका लागि निर्माण भएको पछिल्लो विद्युतीय माध्यामबाट संचालन हुने प्रविधि ( भ(द्यएक् ) लाई प्रयोगमा ल्याएको छ । यस प्रविधिबाट उपलब्ध हुने सेवा निश्चित रुपमा थप प्रभावकारी हुने सवालमा हामी विश्वस्त छौं । अन्त्यमा, यो प्रविधिको प्रयोग र संचालनमा सहयोग पुर्याउनु हुने सम्वद्ध सबै महानुभावहरू पनि हार्दिक धन्यबाद भन्न चाहन्छु । साथै यो सेवाको अझ सफल र प्रभावकारी सन्चालनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यबाद !


  • प्रमुख प्रशासकीय अधिकृत
  • रामचरित्र मेहता
  • इटहरी उपमहानगरपालिका